पिपलटारमा मोटरसाईकल र्दुघटना, दुईजना सामान्य घाइते
विदुर खबर
२०७८ मंसिर १७ गते ७:५१
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा मोटरसाईकल र्दुघटना हुँदा २ जना घाइते भएका छन् ।

शुक्रवार विहान साढे ५ बजेतिर देविघाटबाट बट्टारतर्फ आइरहेको मोटरसाइकल र बट्टारबाट देविघाटतर्फ गइरहेको मोटरसाईकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनामा परि बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का सुनिल भुजेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुजाकोटले बताएको छ । उनको अहिले विदुरको एक अस्पतालमा उपचार भइरहेको छ भने अन्य एकजना घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।

घटनाको अनुसन्धान गर्न प्रहरीले दुबै मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । मोटरसाईकलको पछाडी बस्ने दुबै जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया