रोल्पाको घर्तीगाउँमा बस दुर्घटना हुँदा ४ को मृत्यु, १७ जना घाइते
नुवाकोट । रोल्पामा बिहीबार बेलुकी बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

दाङको घोराहीबाट रोल्पाको थबाङका लागि छुटेको बस माडी गाउँपालिकाको तालाबाङस्थित तार्केबाङ सडकबाट बेलुकी करिब ६ बजेतिर खसेको हो । प्रहरीका अनुसार घोराहीबाट बिहान हिँडेको ना ३ ख ५५१८ नम्बरको बस बेलुकी ५ बजेर ४० मिनेट जाँदा तार्केबाङस्थित सहिद मार्गबाट करिब १ सय फिट तल माडीखोलामा खसेको हो ।
दुर्घटनापछि बसमा सवारमध्ये ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ पुरुष र १ महिला छन् । उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।
दुर्घटना लगत्तै प्रहरीसहित स्थानीयहरु उद्धारका लागि जुटे पनि अँध्यारो भएकाले उद्धारमा ढिलाई भएको थियो । बसका १७ जना यात्रु घाइते छन् । गम्भीर ३ जनालाई जिल्ला अस्पताल रोल्पामा ल्याइएको छ भने अन्यलाई घर्तीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।
प्रनाउ सुवेदीका अनुसार दुर्घटनापछि बसमा ठूलो क्षति पुगेको र मृतकमध्ये दुई जनाको शव चेपिएको अवस्थामा देखिएकाले जेसीभीको सहयोगले अन्यको खोजी गर्न थालिएको हो । घर्तीगाउँस्थित प्रहरी चेक पोस्टको रेकर्ड अनुसार उक्त समयमा १० जना मात्रै यात्रु रहेको र आधा घण्टाको दुरीमा दुर्घटना भएकाले थप यात्रुसमेत भएको अनुमानमा प्रहरीले जेसीभीको मद्दतमा उद्धार थालेको हो । बस दुर्घटना हुनुको कारण भने पत्ता लागेको छैन । प्रहरीका अनुसार चालकको अवस्था समेत पत्ता लागेको छैन ।
थप उद्धारका लागि सदरमुकामबाट प्रहरी र दुई वटा एम्बुलेसन्स पठाइएको छ । अघिल्लो साता घर्तीगाउँ नजिकै जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया