पिपलटारमा आयुर्वेदिक भवन शिलान्यास

विदुर खबर २०७८ कार्तिक १० गते ७:१७

नुवाकोट । गत असार ३ गते सम्झौता भइ निर्माण कार्य सुरु भइरहेको जिल्ला आयुर्वेदिक औषधालयको भवनको सोमबार शिलान्यास गरिएको छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारस्थित आयुर्वेदिक निर्माणाधीन भवनको एक कार्यक्रमका बीच बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री केशवराज पाण्डेले भवनको शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारको आर्थिक लगानीमा आयुर्वेदिक भवनको ९ करोड ४९ लाख ५३ हजार २९२ रुपैयाँमा ठेकेदार कम्पनिसँग सम्झौता भइ आव २०७९ पुषमा निर्माण सम्पन्न हुने लक्ष्य रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए ।

Advertisement

भवन निर्माणको लागि हिम्डुङ एण्ड थोक्कर/बिएमजेभी बीच सम्झौता भएको थियो।

जिल्लाको शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकामा पनि नागरिक आरोग्य केन्द्र स्थापन गरिएको छ ।

Advertisement

प्रतिक्रिया