पिपलटारमा आयुर्वेदिक भवन शिलान्यास
विदुर खबर
२०७८ कार्तिक १० गते ७:१७
नुवाकोट । गत असार ३ गते सम्झौता भइ निर्माण कार्य सुरु भइरहेको जिल्ला आयुर्वेदिक औषधालयको भवनको सोमबार शिलान्यास गरिएको छ ।

विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारस्थित आयुर्वेदिक निर्माणाधीन भवनको एक कार्यक्रमका बीच बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री केशवराज पाण्डेले भवनको शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारको आर्थिक लगानीमा आयुर्वेदिक भवनको ९ करोड ४९ लाख ५३ हजार २९२ रुपैयाँमा ठेकेदार कम्पनिसँग सम्झौता भइ आव २०७९ पुषमा निर्माण सम्पन्न हुने लक्ष्य रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए ।
भवन निर्माणको लागि हिम्डुङ एण्ड थोक्कर/बिएमजेभी बीच सम्झौता भएको थियो।

जिल्लाको शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकामा पनि नागरिक आरोग्य केन्द्र स्थापन गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया