नेकपा एमाले किस्पाङ ४ काे अध्यक्षमा घले
नेकपा (एमाले) किस्पाङ गाउँ पालिका वडा नम्बर ४ काे वडा अधिबेशन सम्पन्न भएको छ।

बागमती प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालीको प्रमुख आतिथ्यतामा र माननीय आसामाया तामाङको विशेष आतिथ्यतामा किस्पाङकाे साल्मेमा सम्पन्न भएको अधिबेशनले सर्वसम्मत रुपमा ५० प्रतिशत महिला सदस्य सहित ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ।
कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु विन्दा ढुङ्गाना, विजय सिं लाेप्चन, मेन्चुङ तामाङ , किस्पाङ गाउँ कमिटीका अध्यक्ष विरबल तामाङ, विदुर नगर कमिटी सचिव अनुज कुमार श्रेष्ठ, युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटा, अनेरास्ववियु नुवाकोटका नेता कुमार नेउपाने, फैसल डिन लगायतका नेताहरुकाे उपस्थिति रहेको थियाे।

अधिबेशनले हाेम बहादुर घलेकाे अध्यक्षतामा उपाध्यक्ष छन्दर तामाङ, सचिव हिल्ली राज तामाङ, उपसचिव बुद्धे तामाङ, उपसचिव डम्बर सिं तामाङ रहेको जिल्ला कमिटी सदस्य दिपक कार्कीले बताए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया