नेकपा एमाले किस्पाङ ४ काे अध्यक्षमा घले

विदुर खबर २०७८ कार्तिक ८ गते २१:४५

नेकपा (एमाले) किस्पाङ गाउँ पालिका वडा नम्बर ४ काे वडा अधिबेशन सम्पन्न भएको छ।

Advertisement

बागमती प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालीको प्रमुख आतिथ्यतामा र माननीय आसामाया तामाङको विशेष आतिथ्यतामा किस्पाङकाे साल्मेमा सम्पन्न भएको अधिबेशनले सर्वसम्मत रुपमा ५० प्रतिशत महिला सदस्य सहित ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ।

कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु विन्दा ढुङ्गाना, विजय सिं लाेप्चन, मेन्चुङ तामाङ , किस्पाङ गाउँ कमिटीका अध्यक्ष विरबल तामाङ, विदुर नगर कमिटी सचिव अनुज कुमार श्रेष्ठ, युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटा, अनेरास्ववियु नुवाकोटका नेता कुमार नेउपाने, फैसल डिन लगायतका नेताहरुकाे उपस्थिति रहेको थियाे।

Advertisement

अधिबेशनले हाेम बहादुर घलेकाे अध्यक्षतामा उपाध्यक्ष छन्दर तामाङ, सचिव हिल्ली राज तामाङ, उपसचिव बुद्धे तामाङ, उपसचिव डम्बर सिं तामाङ रहेको जिल्ला कमिटी सदस्य दिपक कार्कीले बताए।

प्रतिक्रिया