टी–२० विश्वकपमा ओमानको शानदार सुुरुवात
नुवाकोट । टी–२० विश्वकप क्रिकेटमा ओमानले शानदार सुरुवात गरेको छ ।

आइतबार भएको पहिलो खेलमा घरेलु टोली ओमानले पपुवा न्यूगिनीलाई १० विकेटले हराएको हो ।ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा पपुवा न्यूगिनीले दिएको १३० रनको लक्ष्य घरेलु टोलीले मात्र १३.४ ओभरमा विकेट नगुमाई भेट्टायो ।
उसका लागि जितेन्दर सिंहले अविजित ७३ रन बनाउँदा अकिब इलियास ५० रनमा नटआउट रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । खराव सुरुवात गरेको पपुवा न्यूगिनीका दुबै ओपनर शुन्यमै आउट भएका थिए । तेस्रो विकेटका लागि असद भाला र कालोर्स अमिनीले ८१ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । अमिनी ३७ रनमा आउट भए ।
थप २१ रन जोड्दा भाला व्यक्तिगत ५६ रन बनाएर आउट भएपछि पपुवा न्यूगिनीको पारी धरासायी भयो । सेसे बाउ १३ रनमा आउट भए भने अरुले दोहोरो अंक नै जोड्न सकेनन् ।
भ्रमणकारी टोलीलाई सस्तैमा समेट्ने क्रममा ओमानका जिसन मक्सुदले २० रन खर्चिएर ४ विकेट लिए भने बिलाल खान र कमिलउल्लाहले समान २÷२ विकेट हात पारे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया