नुवाकोटमा सक्रिय कोरोना संक्रमित ३६ जनामा झ¥र्याे
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुुसार पछिल्लो एकसातायता जिल्लामा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना कोरोना संक्रमित कोरोनामुत्त घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३६ पुगेको हो ।

यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको ८ हजार एकसय १९ पुगेको छ । जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितमध्ये ३३ जना होम आइसोलेसनमा, २ जना अस्पतालमा र एकजना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २५ जनाको पिसिआर परिक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये ४ जना विदुर नगरपालिकाका रहेका छन् भने सुर्यगढी गाउँपालिकाका एकजना रहेका छन् ।

जिल्लामा हालसम्म ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
हालसम्म जिल्लामा २८ हजार ४७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया