नुवाकोटमा सक्रिय कोरोना संक्रमित ३६ जनामा झ¥र्याे

विदुर खबर २०७८ असोज २६ गते १३:०४

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुुसार पछिल्लो एकसातायता जिल्लामा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना कोरोना संक्रमित कोरोनामुत्त घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३६ पुगेको हो ।

Advertisement

यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको ८ हजार एकसय १९ पुगेको छ । जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितमध्ये ३३ जना होम आइसोलेसनमा, २ जना अस्पतालमा र एकजना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २५ जनाको पिसिआर परिक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये ४ जना विदुर नगरपालिकाका रहेका छन् भने सुर्यगढी गाउँपालिकाका एकजना रहेका छन् ।

Advertisement

जिल्लामा हालसम्म ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

हालसम्म जिल्लामा २८ हजार ४७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया