खसीकपको उपाधि अबिवाहित टिमलाई
विदुर खबर
२०७८ असोज २३ गते १४:१४

नुवाकोट । नुवाकोटको बट्टारमा आयोजित खसीकपको उपाधि अबिवाहित टिमले उचालेको छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार विहान सम्पन्न भएको खेलमा विवाहित टिमलाई ३–२ गोल अन्तरले पराजित गर्दै अबिवाहित टिमले उपाधि उचालेको हो ।

हावाघर खेलकुद समितिद्धारा आयोजित मैत्रीपुर्ण फुटवल प्रतियोगिताको उपाधिसँगै अविवाहित टिमले खसी प्राप्त गरेको छ ।

विजेता टोलीलाई विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले मेटल वितरण गरेका थिए ।

प्रतियोगिताको अवलोकन गर्न नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर ४ का ईकाई सभापति रामचन्द्र रिमाल, विदुर नगर कमिटिका सचिव अच्युत गिरी लगायतको उपस्थिति रहेको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया