अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसको विरोध प्रदर्शन
एजेन्सी । अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले विरोध प्रदर्शन गरेका छन् ।
तालिबानले घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न भनेको हाे । कान्दाहारमा यसको विरोधमा प्रदर्शन भएको हो ।
सरकारी जग्गामा नै भए पनि २० वर्षदेखि आफूहरु यही ठाउँमा बसेकाले घर खाली नगर्ने प्रदर्शनकारीले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी र पश्चिमी सैनिक गठबन्धन (नाटो) फौजले बहिर्गमन प्रक्रिया थालेसँगै तालिबान अगष्ट १५ मा काबुल प्रवेश गरेको थियो ।
काबुल तालिबानको हातमा परेपछि र पूर्व राष्ट्रपति असरफ घानी निर्वाचित सरकार ढलेको थियो । तालिबानको कब्जापछि अफगानिस्तानमा मानव अधिकारको भयावह अवस्था देखिएको टिप्पणीहरू हुँदै आएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया