नुवाकोटमा जारी निषेधाज्ञा हट्यो

विदुर खबर २०७८ भदौ २० गते १६:३०

नुवाकोट । नुवाकोटमा ५ महिनादेखि जारी निषेधाज्ञा हटेको छ । यद्यपि निषेध शब्दलाई हटाएर जिल्ला प्रशासन कार्यालयले आदेश जारी भने गरेको छ ।

Advertisement

ती आदेशहरु भोलीदेखि भदौ मसान्तसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेको सूचनामा उल्लेख । नयाँ अदेश अनुसार रेष्टुरेन्ट, होटेल लगायत व्यवसायहरु सञ्चालन गर्न पाइने भएको छ ।

यद्यपि सरकारले तोकेको स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्ने छ । शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन परे कोभिड व्यवस्थापन केन्द्रमा जानकारी गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

Advertisement

यस्तै विद्यालय खोल्नुपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर स्थानीय तहले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी सँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने आदेशमा उल्लेख छ ।

 

Advertisement

प्रतिक्रिया