नुवाकोटमा जारी निषेधाज्ञा हट्यो
विदुर खबर
२०७८ भदौ २० गते १६:३०
नुवाकोट । नुवाकोटमा ५ महिनादेखि जारी निषेधाज्ञा हटेको छ । यद्यपि निषेध शब्दलाई हटाएर जिल्ला प्रशासन कार्यालयले आदेश जारी भने गरेको छ ।
ती आदेशहरु भोलीदेखि भदौ मसान्तसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेको सूचनामा उल्लेख । नयाँ अदेश अनुसार रेष्टुरेन्ट, होटेल लगायत व्यवसायहरु सञ्चालन गर्न पाइने भएको छ ।
यद्यपि सरकारले तोकेको स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्ने छ । शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन परे कोभिड व्यवस्थापन केन्द्रमा जानकारी गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।
यस्तै विद्यालय खोल्नुपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर स्थानीय तहले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी सँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने आदेशमा उल्लेख छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया