कांग्रेस नुवाकोटको सभापतिमा ६ जनाको दाबी

विदुर खबर २०७८ भदौ १९ गते ८:०७

नुवाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मीले नुवाकोट गर्माएको छोएको छ ।

Advertisement

कांग्रेसका हेविवेट नेताहरु डा. रामशरण महत, अजुर्ननरसिंह केसी, डा. प्रकाशशरण महत, जगदिशश्वर नरसिंह केसी लगायतको गृहजिल्ला भएकोले पनि जिल्लामा चुनावी माहोल तातेको छ ।

Advertisement

जिल्लामा यि नेताको प्रभाव धेरै पर्ने भएकोले नुवाकोटमा कांग्रेस जिल्ला सभापति को बन्ला भनेर सबैको ध्यान यतै केन्द्रित भएको छ ।

जिल्लमा पार्टीका प्रभावशाली रहेका नेताहरु अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत र डा. रामशरण महतनिकट नेताहरू सभापतिको दौडमा छन । केसी समूहका महासमिति सदस्य डा. केदारनरसिंह केसी, जिल्ला सचिव सुरेन्द्र अधिकारी आकांक्षी छन ।

Advertisement

नेपाली कांग्रेस नुवाकोटका पुर्व सचिव तथा महाधिवेशन प्रतिनिधि रमेश महत पनि दौडमा छन । प्रकाशशरण महतनजिक रहेका सन्तमान तामाङ, चोकराज शाक्य र आफूलाई सीधै देउवा समूहको बताउने ध्रुव अधिकारी पनि सभापतिको कसरत गरिरहेका छन ।

देउवा पक्षलाई हाबी हुन नदिन यहाँ केसी र रामशरण महतबीच सहकार्य भइरहेको छ ।

 

 

प्रतिक्रिया