कांग्रेस नुवाकोटको सभापतिमा ६ जनाको दाबी
नुवाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मीले नुवाकोट गर्माएको छोएको छ ।
कांग्रेसका हेविवेट नेताहरु डा. रामशरण महत, अजुर्ननरसिंह केसी, डा. प्रकाशशरण महत, जगदिशश्वर नरसिंह केसी लगायतको गृहजिल्ला भएकोले पनि जिल्लामा चुनावी माहोल तातेको छ ।

जिल्लामा यि नेताको प्रभाव धेरै पर्ने भएकोले नुवाकोटमा कांग्रेस जिल्ला सभापति को बन्ला भनेर सबैको ध्यान यतै केन्द्रित भएको छ ।
जिल्लमा पार्टीका प्रभावशाली रहेका नेताहरु अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत र डा. रामशरण महतनिकट नेताहरू सभापतिको दौडमा छन । केसी समूहका महासमिति सदस्य डा. केदारनरसिंह केसी, जिल्ला सचिव सुरेन्द्र अधिकारी आकांक्षी छन ।
नेपाली कांग्रेस नुवाकोटका पुर्व सचिव तथा महाधिवेशन प्रतिनिधि रमेश महत पनि दौडमा छन । प्रकाशशरण महतनजिक रहेका सन्तमान तामाङ, चोकराज शाक्य र आफूलाई सीधै देउवा समूहको बताउने ध्रुव अधिकारी पनि सभापतिको कसरत गरिरहेका छन ।
देउवा पक्षलाई हाबी हुन नदिन यहाँ केसी र रामशरण महतबीच सहकार्य भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना





प्रतिक्रिया