ढुंगाले किचेर हाइड्रोपावरका श्रमिकको मृत्यु
विदुर खबर
२०७८ भदौ १८ गते ६:५४

नुवाकोट । ढुंगाले किच्दा ताप्लेजुङमा निर्माणधीन सानिमा हाइड्रोपावरमा कार्यरत श्रमिकको मृत्यु भएको छ ।
हाइड्रोपावरको साइटस्थलमा रहेको भान्सामा बसिरहेका फत्ताङलुङ गाउँपालिका-१ का ४४ वर्षीय खगप्रसाद तामाङको ढुंगाले किचेर ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कैलाश अधिकारीका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
सम्बन्धित
प्रतिक्रिया