२४ घण्टामा थपिए १६६४ संक्रमित, २० जनाको निधन
नुवाकोट । आज एकैदिन एक हजार ६६४ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनामा परीक्षण गर्दा एक हजार ६६४ जनामा संक्रमण देखिएको हो ।
सक्रिय संक्रमित ३५ हजार ५९१ जना रहेका छन् ।
यस्तै संक्रमणबाट निको भई आज एक हजार ७८६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख १६ हजार ३०६ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७५० जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६२.३ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ६३७ जना सघन उपचार कक्ष (आइसियु), १६४ जना भेन्टिलेटर, ३३ हजार २१४ जना होम आइसोलेसन, दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३२९ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया