नुवाकोटमा आज २८ जना कोरोना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६९ जनाको पिसिआर र १३ जनाको एन्टीजेन परिक्षण गर्दा २४ जना कोरोना संक्रमित थपिएका हुन् ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकामा मात्रै १८ जना रहेका छन् ।
यस्तै किस्पाङ गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका र लिखु गाउँपालिकामा समान एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै पछिल्लाे २४ घण्टामा जिल्लामा ३० जना काेराेना संक्रमित काेराेनामुत्त भएर घर फकिएका छन् । यससँगै जिल्लामा काेराेनामुत्त भएर ७ हजार २ सय ८९ जना घर फर्किएका छन् ।
हालसम्म नुवाकाेटमा काेराेना संक्रमणबाट ४४ जनाकाे मृत्यु भइसकेकाे छ ।
हालसम्म जिल्लामा २५ हजार ९ सय ५१ जनाकाे पिसिअार परिक्षण गरिएकाे स्वास्थ्य कार्यालय नुवाकाेटले जानकारी दिएकाे छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया