नुवाकोटमा आज २८ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ भदौ ८ गते १५:५९

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६९ जनाको पिसिआर र १३ जनाको एन्टीजेन परिक्षण गर्दा २४ जना कोरोना संक्रमित थपिएका हुन् ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकामा मात्रै १८ जना रहेका छन् ।

Advertisement

यस्तै किस्पाङ गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका र लिखु गाउँपालिकामा समान एक  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यस्तै पछिल्लाे २४ घण्टामा जिल्लामा ३० जना काेराेना संक्रमित काेराेनामुत्त भएर घर फकिएका छन् । यससँगै जिल्लामा काेराेनामुत्त भएर  ७ हजार २ सय ८९ जना घर फर्किएका छन् ।

Advertisement

हालसम्म नुवाकाेटमा काेराेना संक्रमणबाट ४४ जनाकाे मृत्यु भइसकेकाे छ ।

हालसम्म जिल्लामा २५ हजार ९ सय ५१ जनाकाे पिसिअार परिक्षण गरिएकाे स्वास्थ्य कार्यालय नुवाकाेटले जानकारी दिएकाे छ ।

 

 

प्रतिक्रिया