नुवाकोट शिवपुरीकी जेनिशालाई मिस एसईई २०२१’ को उपाधि

विदुर खबर २०७८ भदौ ७ गते २१:३४

नुवाकोट  ।  नुवाकोटको शिवपुरी गाउँपालिका ५ की जेनिशा तामाङले ‘मिस एसईई २०२१’ को उपाधि जित्‍न सफल हुनुभएको छ  ।

Advertisement

शनिबार भएको ग्रानफिनालेमा १६ वर्षीया जेनिशाले उपाधि हात पार्नु भएको हो । विजेता जेनिशाले ट्रफी, ५० हजार रुपैयाँको चेक, ११ र  १२ छात्रवृत्ति कक्षामा म्यानेजमेन्ट र साइन्स पढ्नेका लागि फूल स्कलरसीप (प्लान एकेडेमी र साम्बाट कलेजमा), पोखरा भ्रमणका लागि टु वे फ्लाइट टिकेट, २ वटा म्युजिक भिडियोमा अभिनयको अवसर लगायत पुरस्कार प्राप्त गर्नुभयो ।

जेनिशाले यसअघि विद्यालयस्तरीय कम्पिटिसनमा मिस लालीगुराँस २०१५ र उपत्यकास्तरीय प्रतियोगितामा ‘मिस प्लानेट नेपाल २०१५’ जित्नु भएको थियो ।

Advertisement

त्यस्तै इलिजा राउत फस्ट रनरअप, सेकेन्ड रनर अप इस्पा महर्जन र जुना मोक्तान थर्ड रनरअप हुनुभयो । सय जनाले भाग लिएको प्रतियोगिताबाट सट लिस्ट २५ जना,  २५ जनाबाट ८ जना फाइनल चरणमा प्रवेश गरेका थिए ।

फेसन इराले आयोजना गरेको पुरुषतर्फ ‘मिस्टर एसईई २०२१’ को उपाधि अनुपम न्यौपानेले जित्नुभयो । गोरे तामाङ फस्ट रनरअप, सुवास बोहोरा सेकेण्ड रनर अप र विशाल तामाङ थर्ड रनरअप बन्नुभयो ।

Advertisement

 

प्रतिक्रिया