संसद् विघटनविरुद्ध गोरखामा राँके जुलुस
नुवाकोट । संसद् विघटन र जातीय विभेदका विरुद्ध यहाँका चार विद्यार्थी संगठनले बुधबार साँझ गोरखा सदरमुकाममा राँके जुलुस निकालेका छन् । राँके जुलुस प्रदर्शन रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर घम्साघम्सीसमेत भएको छ।
सदरमुकामको बसपार्कबाट राकेँ जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो । नाराबाजी गर्दै हरमटारीचोक आएका विद्यार्थीले प्रहरीलाई छल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरे ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र नेपाल–खनाल निकट अनरेरास्ववियुले संयुक्त रुपमा प्रर्दशन गरेका हुन् ।
प्रधानमन्त्री ओलीबाट पटकपटक न्याय मार्ने कोसिस गरेकाले त्यसकाविरुद्ध आन्दोलनमा उत्रनुपरेको नेपाल विद्यार्थी संघका अध्यक्ष सुवास अधिकारीले बताए । जातीय विभेदका घटनामा दोषीलाई कानुनी दायरामा ल्याउन पनि उनले माग गरे ।
पटक–पटकको संसद् विघटनमा प्रधानमन्त्रीलाई साथ दिएको भन्दै विद्यार्थी नेताले राष्ट्रपति विद्यादेवी भण्डारीको पनि आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदमकाविरुद्ध आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज रामकृष्ण भट्टले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट महोत्सव आजदेखि शुरु हुँदै
तारुकाले सुरु गरेको सांस्कृतिक स्वच्छताको अभ्यास
सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो





प्रतिक्रिया