भारतमा संक्रमित र मृतकका संख्या घट्दै
नुवाकोट । पछिल्लो तथ्यांकअनुसार भारतमा कोभिड–१९ को संक्रमित संख्या र मृतकको संख्यामा क्रमशः कमि आउन थालेको छ ।
यसैबीच, देशव्यापी खोप अभियानअन्तर्गत शुक्रबार बिहानसम्म २२ करोड डोज खोप प्रदान गरिएको छ ।पछिल्लो २४ घन्टामा भारतमा १ लाख ३२ हजार ३६४ सक्रिय घटना दर्ता गरिएको छ । यसका साथै देशको कुल संक्रमित संख्या २ करोड ८५ लाख ७४ हजार ३ सया ५० पुगेको छ ।
विगत २४ घन्टामा ७७ हजार ४ सय २० ले घटेर देशको कुल सक्रिय घटना १६ लाख ३५ हजार ९ सय ९३ पुगेको छ । साप्ताहिक सकारात्मकता दर हाल ७ दशमलव २७५ छ भने दैनिक सकारात्मकता दर ६ दशमलव ३८५ मा कायम छ । लगातार ११ दिन यो दर १ सय ५ भन्दा कम रहन पुगेको छ ।
स्वास्थ्य र परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार, सोही अवधिमा २ हजार ७ सय १३ जनाको मृत्यु भएको छ । जसको परिणामस्वरूप देशमा मृतक संख्या ३ लाख ४० हजार ७ सय २ पुगेको छ ।
लगातार दुई महिना कहालीलाग्दो स्तरमा बढेको कोभिड संक्रमण अब भने घट्ने क्रममा रहेको छ । विज्ञहरूका अनुसार यस स्थितिलाई अब हालको स्वास्थ्य पूर्वाधारले नियन्त्रण गर्न सक्दछ ।अधिकांश राज्यहरूमा नयाँ संक्रमण गणनामा गिरावट आएको छ । तर, अझ महवपूर्ण कुरा भनेको मृत्युदरमा पनि कम हुँदै जानु हो ।
हाल दैनिक ३ हजारभन्दा कम मृत्यु संख्या दर्ता हुने गरेको छ । जबकि, १० दिन अगाडि दैनिक ४ हजार ४ सय जनाभन्दा बढीको मृत्यु हुने गरेको थियो ।हालसम्म देशमा ३५ दशमलव ७ करोडभन्दा बढी मानिसको परीक्षण भइसकेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा २ लाख ७ हजार ७१ जना संक्रमण मुक्त भएका छन् ।
यसका साथ देशको कुल संक्रमण मुक्त संख्या अब २ करोेड ६५ लाख ९७ हजार ६ सय ५५ पुगेको छ भने संक्रमण मुक्त दर ९३ दशमलव ८०५ पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया