लागू औषधसहित दुईजना पक्राउ
नुवाकोट । धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरियाबाट जेठ ७ गते सशस्त्र प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १ सिताचोक बस्ने २८ वर्षीय अमित कुमार चौधरी छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडिझिझाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट ८५ वटा, स्पास्मो क्याप्सुल २९ वटा र एक्जीप्लोन ६ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
यसैगरी सप्तरी जिल्लाको राजगढ गाउँपालिका-२ स्थित सीमा ईलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले १५ वटा नाईट्रोभेट ट्याब्लेट र १ बोतल डाईलेक्स नामक लागूऔषधसहित सोही जिल्लाको विष्णुपुर गाउँपालिका १ बस्ने २१ वर्षीय शिवशंकर यादव पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया