सोमबार नेपालमा ३,५५६ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ वैशाख १३ गते २०:५१

नुवाकोट । सोमबार नेपालमा तीन हजार ५५६ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

विगत २४ घण्टामा देशभरमा भएको १३ हजार २९३ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १२ हजार ४०० आरटि पीसीआर परीक्षण र ८९३ एन्टिजेन परीक्षण भएको थियो ।

यसैगरी एक दिनमा कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ रहेको छ । हालसम्म देशमा कुल तीन हजार १७६ जना संक्रमितको निधन भइसकेको छ । सोहि अवधिमा संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या भने ३७८ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल संक्रमित हुनेको संख्या तीन लाख तीन हजार ५६१ र संक्रमण जित्नेको संख्या दुई लाख ७७ हजार ९५१ रहेको छ ।

Advertisement

आज काठमाडौंमा एक हजार ५६७ जना, ललितपुरमा २२३ जना र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको छ । यसरी उपत्यकामा एकैदिन एक हजार ९१२ जना कोरोना संक्रमित थपिएका हुन् ।

हाल क्वारेन्टिनमा ६५ जना रहेका छन् । थपिने संक्रमितमध्ये सबैभन्दा धेरैे २० देखि २९ वर्षसम्मका ८६३ जना र ३० देखि ३९ वर्षभित्रका ८५० जना रहेको छ ।

Advertisement

प्रतिक्रिया