कीर्तिमानी खेलाडी संगिना वैद्य राष्ट्रपतिद्वारा प्रबल जनसेवा श्री पदकबाट विभूषित
नुवाकोट । तेक्वान्दोमा खेलाडी तथा प्रशिक्षकको रूपमा उत्तिकै सफल खेलाडी संगिना वैद्य प्रबल जनसेवा श्री चतुर्थ पदकबाट विभुसित भएकी छिन् ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधवार उनी विभूषित भएकी हुन् ।सन् १९९६ मा तेक्वान्दोकी एसियाली च्याम्पियन तथा हाल राष्ट्रिय टोलीकी प्रशिक्षक रहेकी संगिनालाई नेपाली खेलकुदमा अतुलनीय योगदान गरे बापत विभूषित गरिएको हो ।
खेलाडीको रूपमा ओलम्पिक छनोट हुने पहिलो खेलाडीको कीर्तिमान कायम गरेकी उनले लगातार दुई पदक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक पनि जितेकी थिइन् । लगातार १५ वर्ष भन्दा बढी समय नेपाली तेक्वान्दोमा अपराजेय रहेकी उनले कोलम्बोमा भएको १० औ दक्षिण एसियाली खेलकुद पछि आफूलाई प्रशिक्षण तर्फ केन्द्रित गरेकी थिइन् ।
उनी लगातार दुई पटक दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीकी प्रशिक्षक थिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा
आजको मौसम : मध्यम वर्षाको सम्भावना
पोखराबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ
गत २४ घण्टामा काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ
नुवाकाेटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम





प्रतिक्रिया