शिवपुरी गाउँपालिका क्वाटरफाईनल प्रवेश

नुवाकोट । नुवाकोटको सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा घरेलु टोली शिवपुरी प्रवेश गरेको छ ।
शुक्रवार विहान भएको पहिलो खेलको घरेलु टोली शिवपुरी गाउँपालिकाले पन्चकन्या गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दे समुह विजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेको हो । शिवपुरीलाई जित दिलाउन आशिष तामाङ, अनिल थापा, सागर भण्डारी र मोहन गुरुङले समान एक÷एक गोल गरेका थिए ।
जितसँगै समुह ए मा रहेको शिवपुरी गाउँपालिका ६ अंकका साथ क्वाटरफाईनल प्रवेश गर्ने पहिलो टोल बनेको छ । हारसँगै पन्चकन्या गाउँपालिका समहुको अन्तिम स्थानमा छ ।
प्रतियोगिता अन्र्तगत आजै हुने दोस्रो खेलमा तारकेश्वर र ककनी गाउँपालिका तथा तेस्रो खेलमा विदुर नगरपालिकाले तादी गाउँपालिकाको सामना गर्नैछ ।
१२ टोली सहभागि रहेको प्रतियोगिता आगामी २५ गतेसम्म संचालन हुनेछ ।
प्रतिक्रिया