ज्योति लाइफ इन्स्योरेन्सकाे शेयर १३ गते बाँडफाँट हुने
नुवाकोट । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर बाँडफाँटको लागि १३ गते शुक्रबारको डेट पाएको छ।
उक्त कम्पनीको शेयर बाँडफाँटको लागि सिडिएससीले १३ गतेको समय दिएको हो। कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो।
त्यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता कर्मचारीहरूलाई र अर्को ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्कासनमा ल्याएको हो।
जसमा अहिलेसम्मकै सर्वाधिक शेयर आवेदनको रेकर्ड बनेको थियो। कम्पनीले निष्कासन गरेको शेयरमा करिब ६.४० गुणा बढी हो। १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपिओ खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया