अनेरास्ववियू नुवाकोट–काठमाडौ सम्पर्क मन्चको संयोजकमा अनिश प्याकुरेल
नुवाकोट । अनेरास्ववियूले नुवाकोट घरभई काठमाडौँमा रहेका आफु निकट विद्यार्थी संगठन अनेरास्ववियू नुवाकोट–काठमाडौ सम्पर्क मन्चको संयोजकमा अनिश प्याकुरेललाई चयन गरेको छ ।
नेकपा पार्टी दुई समुहमा विभाजित भएसँगै ओली समुहको अनेरास्ववियू नुवाकोटले संगठन विस्तार र सुदृढिकरणको काम सुरू गरको हो । ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत अनिश प्याकुरेलको संयोजकत्वमा ५१ सदस्यीय सम्पर्क मञ्च गठन गरिएको हो ।
मञ्चको सहसंयोजकमा निश्चल घिमिरे र सचिवमा दिनेश पौडेल रहेको अनेरास्ववियू नुवाकोटका सचिव प्रशान्तजंग पाण्डेले जानकारी दिए । भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेल केन्द्रीय सदस्य केशवराज पाण्डे, नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनाली र अनेरास्ववियू नुवाकोटका संयोजक विष्णु दाहाल लगायतले सम्बोधन गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया