म पनि अनसन बस्छु
कबिता
म पनि अनसन बस्छु ,किनकी
मेरो समाचार हरेक पत्रिकाका हरेक पानामा छाउँछन्
हरेक व्यक्ति मलाई भेट्न आउँछन्
सेल्फी खिच्छन र सामाजिक सञ्जाल रंग्याउँछन् ।
म पनि अनसन बस्छु किनकी
अनसनका नाममा स्लाइनबाट भिटामिन, प्रोटिन र अन्य शक्तिबद्धक तत्व दिइन्छ
दिनै पिच्छे लाइभ अन्तर्वार्ता दिन पाइन्छ ।
म पनि अनसन बस्छु किनकी
अनसनका नाममा डलरले गोजि भर्न पाइन्छ
अनसन पछि देश विदेश शयर गर्न पाइन्छ ।
म पनि अनसन बस्छु किनकी
अत्याधिक अनसनकर्ताको नाममा रेकर्ड ब्रेक गर्नुछ
अनसनलाई राजनीतिकरण गर्नुछ ।
म पनि अनसन बस्छु किनकी
म एक्लो मान्छे अनसन बस्दा बस्दै इहलिला समाप्त भएपनि कोही टुहुरा बन्ने छैनन्
कोही बिधुवा हुने छैनन कोही रुने छैनन् ।
म पनि अनसन बस्छु किनकी म सरकारी कर्मचारी हुँ
सरकारको तलब, भत्ता खाएर सरकारको बिरुद्ध लड्ने मेरो अधिकार हो ।
त्यसैले म पनि अनसन बस्छु ।

फणीन्द्र फयाल
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया