लाङटाङ राष्ट्रिय निकुञ्जकै केही भूभागलाई समेटेर नयाँ निकुञ्ज बनाउन अध्ययन सुरु
रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जकै केही भू-भागलाई समेटेर नयाँ निकुञ्ज बनाउन अध्ययन सुरु भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अहिले लाङटाङ राष्ट्रिय निकुन्जमा रहेको नुवाकोट को कुटुम्साङ देखि सिन्धुपाल्चोकको बलेफी खो सम्मको पुर्बी भागमा अलग्गै निकुन्ज बनाउने तयारी थाली हालको लाङटाङ राष्ट्रिय निकुन्ज अन्तर्गत रहका मध्यवर्ति क्षेत्र र लाङटाङ राष्ट्रिय निकुन्जकै केही भु—भागलाई समेटेर लाङटाङ राष्ट्रिय निकुन्ज बनाउन अध्ययन सुरु भईरहेको छ ।
निकुन्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार १७ सय १० वर्ग किलोमिटरमा फैलिएको लाङटाङ राष्ट्रिय निकुन्जको आधा भन्दा बढी भाग नुवाकोट र सिन्धुपाल्चोकमा फैलिएको छ । आधा भागलाई नयाँ निकुन्ज बनाइयो भने संरक्षणका साथै पर्यटकीय गतिविधि समेत बढ्ने छ र ति भागहरमा समेत जैविक विविधता र सांस्कृति विविधतामा टेवा पुग्नेछ ।
संरक्षण अधिकृत रानाका अनुसार निकुन्ज तिनवटा जिल्लाको ठुलो क्षेत्रफलमा फैलिएको र त्यसको उचित व्यवस्थापनका साथै संक्षण हुन नसकेका ले नुवाकोटको कुटुम्साङ देखि सिन्धुपाल्चोक सम्मको भागलाई अलग्गै निकुन्ज बनाउन लागेको बताउनु भयो । थोरै जनशक्ति र बजेटका कारण सोचे अनुसार निकुन्ज व्यवस्थापन गर्न नसकेको उहाँको भनाई रहकोछ । विभाग तत्काल सुधार रणनितिक योजनामा तिनवटा नयाँ निकुन्ज थप्ने प्रस्ताव गरिएको हो ।
वन तथा वातावरण मन्त्रालयका सह—सचिव प्रेमनारायण कँडेलले विभागको नेतृत्व गरे लगतै विभागको रणनितिक योजना तयार गरि कार्यान्वयनका लागी अघि बढाइएको हो । भुगोल धेरै समेटर निकुन्ज बनाइएकोले व्यवस्थापन—संरक्षणमा समस्या उत्पन्न भएपछि भइरहेकै क्षेत्रलाई टुक्राउने र नयाँ भुभागलाई थपेर नयाँ निकुन्ज बनाउने तयारी सुरु गरिएको हो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा सरकाले आवश्यक ठानेमा कुनै क्षेत्रलाई त्यसको चार किल्ला समेत खोलिएको सुचना नेपाल राजपत्रमा प्रकाशित गरि राष्ट्रिय आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था रहेको छ । सरकारको तथ्याङ्क अनुसार नेपाल आउने ६० प्रतिशत पर्यटकले निकुन्ज सहितका संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया