भुकम्पपिडितको सुचिमा पारिदिने लोभमा घुस लिँदालिँदै नुवाकोटको बेलकोटगढीका इन्जिनियर पक्राउ
नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरका इन्जिनियर पर्वत पौडेल र बेलकोटगढी नगरपालिका–९ तिगाउँका घर भइ विदुर नगरपालिका–२ बट्टारमा होटल सञ्चालन गर्दै आएका नारायण भट्ट छन् ।
विदुर नगरपालिका–२ स्थित सागर मिठाई पसलमा चिया पिउँदै रकमको काराबार गर्न लाग्दा आयोगबाट खटिएका टोलीले शनिबार बिहान पक्राउ गरेको हो । बेलकोटगढी नगरपालिका–८ मा भूकम्प पीडितको लाभग्राही सूचीमा पार्नका लागि इन्जिनियर पौडेलले लाभग्राहीबाट रकम माग गरेका थिए । लाभग्राही सूचीमा पार्नका लागि होटल सञ्चालक भट्टमार्फत रकम लिन भनेका थिए ।
शनिबार बिहान होटल व्यवसायीले ५० र २५ हजारको दुई बन्डल सागर मिठाई पसलमा चिया पिउने क्रममा दिन लाग्दा आयोगका टोलीले रंगेहात पक्राउ परेको छ । यसअघि सोही नगरपालिकामा कार्यरत सबइन्जिनियर तथा निजामती कर्मचारी संगठन नुवाकोटका अध्यक्ष रहेका बद्री भण्डारी पक्राउ परेका थिए । त्यसैगरी जिल्ला वन कार्यालयकाट डिएफओ जयमंगल प्रसाद सूर्यगढीगाउपालिका–५ स्थित तादी लाइम स्टोनका लागि सहमति दिन झुलाएको आरोपमा पक्राउ परेका थिए । उनी पनि धरौटीमा रिहा भएपनि मुद्दा विचाराधीन छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया