भुकम्पपिडितको सुचिमा पारिदिने लोभमा घुस लिँदालिँदै नुवाकोटको बेलकोटगढीका इन्जिनियर पक्राउ

विदुर खबर २०७७ कार्तिक २२ गते १७:१६

नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियरसहित दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरका इन्जिनियर पर्वत पौडेल र बेलकोटगढी नगरपालिका–९ तिगाउँका घर भइ विदुर नगरपालिका–२ बट्टारमा होटल सञ्चालन गर्दै आएका नारायण भट्ट छन् ।

विदुर नगरपालिका–२ स्थित सागर मिठाई पसलमा चिया पिउँदै रकमको काराबार गर्न लाग्दा आयोगबाट खटिएका टोलीले शनिबार बिहान पक्राउ गरेको हो । बेलकोटगढी नगरपालिका–८ मा भूकम्प पीडितको लाभग्राही सूचीमा पार्नका लागि इन्जिनियर पौडेलले लाभग्राहीबाट रकम माग गरेका थिए । लाभग्राही सूचीमा पार्नका लागि होटल सञ्चालक भट्टमार्फत रकम लिन भनेका थिए ।

Advertisement

शनिबार बिहान होटल व्यवसायीले ५० र २५ हजारको दुई बन्डल सागर मिठाई पसलमा चिया पिउने क्रममा दिन लाग्दा आयोगका टोलीले रंगेहात पक्राउ परेको छ । यसअघि सोही नगरपालिकामा कार्यरत सबइन्जिनियर तथा निजामती कर्मचारी संगठन नुवाकोटका अध्यक्ष रहेका बद्री भण्डारी पक्राउ परेका थिए । त्यसैगरी जिल्ला वन कार्यालयकाट डिएफओ जयमंगल प्रसाद सूर्यगढीगाउपालिका–५ स्थित तादी लाइम स्टोनका लागि सहमति दिन झुलाएको आरोपमा पक्राउ परेका थिए । उनी पनि धरौटीमा रिहा भएपनि मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया