विदुर नगरपालिकाको वडा सदस्यको घरबाट पाँच जुवाडे पक्राउ

विदुर खबर २०७७ कार्तिक १३ गते १७:०९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ कि वडा सदस्य पातली न्यौपानेको घरबाट पाँच जुवाडे पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेहरुमा वडा सदस्यका श्रीमान गोविन्द न्यौपाने,विदुर नगरपालिकाका कर्मचारी रामवहादुर कुमाल, विदुर खानेपानि तथा उपभोक्ता सरसफाईका सदस्य समेत रहेका मुनिराज गजुरेल र श्याम चित्रकार रहेका छन् । अन्यको भने नाम आउन बाकि छ ।

तत्कालिन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित न्यौपानेले आफ्नै घरमा लामो समयदेखि तास खेलाउने गरेको भन्दै स्थानियले प्रहरीमा उजुरी दिएका थिए ।

Advertisement

पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय विदुर ल्याइएको छ । जुवाडेहरुलाई समात्न गएको प्रहरीको टोलिलाई केहि स्थानियहरुले अवरोध गरेका थिए ।

जुवाडे पक्राउको विषयमा जानकारी लिदा विस्तृत विवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।यसअघि पनि वडा सदस्य न्यौपानेको घरमा दुइवर्ष अघि जुवाडेको टोलि पक्राउ परेका थिए । तर सो समयमा राजनितिक शक्तिको आडमा जुवाडेहरु छाडिएको थिए ।

Advertisement

 

प्रतिक्रिया