विदुर नगरपालिकाका वडा सदस्यद्दारा गाउँकै एक वृद्दालाई मरणासन्न हुने गरि कुटपिट
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य खड्क भट्टले सामान्य घरायसी विवाद हुँदा गाउँकै एक वृद्दा र छिमेकीलाई मरणासन्न हुनेगरि कुटपिट गरेका छन् ।
तत्कालिन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका भट्टले दाजुभाईको समहयोगमा सामान्य विवाद हुँदा समेत छिमेकी ठाकुर भट्ट र उनकी ६२ वर्षिय वृद्दा आमालाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन् ।
वडासदस्य भट्टले रातको समयमा सुतिरहेको स्थानमा गएर घाईते ठाकुर भट्ट र उनकी आमालाई कुटपिट गरेको स्थानियले बताएका छन् । घटनापछि पिडितहरुले देविघाट चौकीमा सुरक्षाको माग गर्दै उजुरी गरेका थिए ।
तर प्रहरी चौकी देविघाट र विदुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सिताराम अर्याल लगायतले सो विषम मिलाउन पिडितपक्षलाई दवाव दिएका थिए । तर घटनाको विषयमा भने जिल्लो प्रहरी कार्यालय बोल्न चाहेको छैन ।
कुटपिटमा परी घाईते भएका ठाकुरको काठमाण्डौमा रहेका ग्रिन सिटि अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया