नुवाकोटको विभिन्न औषधी पसलहरुको अनुगमन,आधा दर्जन कारवाहीमा
 
		
	 नुवाकोट । संयुक्त अनुगमन टोलीद्धारा नुवाकोटको विभिन्न औषधी पसलहरुको अनुगमन गरेको छ ।
नुवाकोट । संयुक्त अनुगमन टोलीद्धारा नुवाकोटको विभिन्न औषधी पसलहरुको अनुगमन गरेको छ ।
टोलीले बुधवार र विहिबार गरेको अनुगमना विभिन्न विकृति भेटिएको संयुत्त अनुगमन टोलीले जनाएको छ । औषधि व्यवस्था विभाग काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त टोलीले विदुर नगरपालिका,तादी गाउँपालिकाका र म्यागङ गाउँपालिकाका केही औषधी पसलहरुको अनुगमन गरेको थियो ।
अनुगमन टोलीले म्यागङ गाउँपालिकाका वडा नम्बर ३ मा संञ्चालित मेडिकल तथा फार्मेसीहरु अनुगमन गर्ने क्रममा वडामा सञ्चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित संञ्चालनमा रहेको पाईकोले उक्त मेडिकल र फार्मेसीहरु सिलबन्दी गरिएको छ ।
यसैगरि अनुमगन टोलीले बिहिबार विदुर नगरपालिका र तादी गाउँपालिकाका बजार क्षेत्रमा रहेका औषधि पसलको अनुगमन गरेको छ । विदुर नगरपालिका क्षेत्रभित्र अनुगमन गरिएका ९ वटा औषधि पसलमध्ये विदुर नगरपालिका २ वट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका ४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल र विदुर फार्मेसी गरी चार र विदुर नगरपालिका १ ढुंगेमा रहेको समीर फार्मेसी एक गरी पाँचवटा औषधि पसलले विक्री वील वीजक जारी नगरी औषधी विक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम जनही २ लाख रुपैयाँ जरिवाना तोकी ७ दिन भित्र जरीवाना रकम बैंक दाखिला गरी बैंक दाखिलाको एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको छ ।
यसैगरी तादी गाउंपालिका क्षेत्रभित्रको खरानीटार बजारमा अनुगमन गरिएका तादी गाउँपालिका ३ मा रहेका तादी फर्मा र दुप्चेश्वर फार्मेसी गरी २ वटा औषधी पसलहरुमा खरिद विल नभएको समेतको अवस्था देखिएको उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम जनही १० हजार रुपैया जरिवाना तोकी ७ दिन भित्र जरीवाना रकम बैंक दाखिला गरी बैंक दाखिलाको एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया