नुवाकोटका एकसय ८ जनाले कोरोनालाई जितेर घर फर्किए
विदुर खबर
२०७७ भदौ ३१ गते २०:५९

नुवाकोट । नुवाकोटका एकसय ८ जना कोरोना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटका ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा एकसय ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ४ जना पुरुष निको भएर घर फर्किएका हुन् । जिल्लाका ८२ पुरुष र २६ महिला कोरोना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा एकसय १५ जनामा कोरोना संक्रमित भेटिएका छन् जसमध्ये ८८ पुरुष र २८ महिला रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया