पहिरो गएपछि दुप्चेश्वर गाउँपालिकाका डेढ सय जना घर छाडेर ओढारमा
नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको सिसिपुमा पहिरो गएपछि स्थानीय थातथलो छाडेर ओढार र नजिकका सुरक्षित स्थानतिर लागेका छन् ।
मंगलबार आएको पहिरोले दुई घरमा क्षति पुगेको थियो । बस्तीमाथि छोम्बरडाँडाबाट पहिरो आएको हो । मानवीय क्षति नभए पनि जोखिम उच्च भएको भन्दै सिसिपु र स्योलोलोका गरी १ सय १३ घरधुरीले गाउँ छाडेका हुन् । चार परिवार कसेरीमा गएर बसेका छन् । करिब १ सय ५० जना बोल्चोकको ओढारमा बसिरहेका छन् । स्योलोलोमा पनि पहिरोले दुईवटा गाई पुरिदिएको छ ।
गाउँपालिका अध्यक्ष योविन्द्रसिं तामाङका अनुसार स्थानीयलाई घ्याङडाँडा र बोल्जुमा सारिँदै छ । गाउँपालिकाले बुधबार स्थानीयलाई सातवटा टेन्ट र २० वटा त्रिपाल दिएको छ । ‘पानी पर्न रोकिएको छैन,’ अध्यक्ष तामाङले भने, ‘पहिरो झरिरहेकै छ ।’ सिसिपु मात्र नभई बुधबार तालु र कसेरीमा पनि पहिरो गएको छ । उक्त क्षेत्रमा फोन सम्पर्क हुन समेत मुस्किल पर्छ । पहिरोग्रस्त क्षेत्र सदरमुकाम विदुरबाट करिब ५० किमि पूर्वी भेगमा पर्छ । उक्त वडाका निगाले, बोल्जु, काउले, सेजुङ र नेगी जोखिमयुक्त बस्ती हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया