नुवाकोटका प्रहरी प्रमुख फेरिए, नयाँ एसपीको रुपमा तुलवहादुर कार्की आउँदै
विदुर खबर
२०७७ भदौ ४ गते १९:५९
नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले ४९ प्रहरी उपरीक्षक(एसपी)को सरूवा गरेसँगै नुवाकोटका प्रहरी प्रमुख अभिनारायण काफ्लेको सरुवा भएको हो । प्रहरी प्रमुख काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा टंगाल काठमाण्डौमा सरुवा गरिएको छ ।
नुवाकोटमा नयाँ प्रहरी उपरिक्षक अर्थात एसपीको तुल वहादुर कार्की आउने भएका छन् । उनी हाल महानगरीय प्रहरी परिसर ललितपुरका कार्यरत थिए ।एक बर्षको नुवाकोट बसाईको क्रममा एसपी काफलेले अपराध नियन्त्रण, अबैध नदिजन्य दोहन रोक्न विशेष अभियान चलाएका थिए ।
सरुवा भएका एसपीहरुको भदौ महिनादेखिको तलब, भत्त समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया