नुवाकोटका ६३ प्रतिशत कोराना संक्रमित निको भएर घर फर्किए
नुवाकोट । नुवाकोटका ६३ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका कुल ६९ कोरोना संक्रमितमध्ये ४४ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै जिल्लामा बाँकी रहेका २५ जना संक्रमितहरु विभिन्न स्वास्थ्य संस्थामा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
२५ जना संक्रमितमध्ये १५ जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने खरानीटार अस्पताल र काठमाण्डौमा समान ५ \५ जनाको उपचार भइरहेका कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको बताएको भने १७ हजार ३ सय ३५ जना निको भएर घर फर्किसकेको बताएको छ । मन्त्रालयको अनुसार हालसम्म कोरोना संक्रमण भएर देशभर एकसय ४ जनाको ज्यान गइसकेको छ ।
तर नुवाकोटमा भने अहिलेसम्म कोरोना भाइरसको कारण कुनैपनि व्यक्तिले ज्यान गुमाउनु परेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया