नुवाकोटको तारकेश्वरमा जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

विदुर खबर २०७७ साउन १ गते १०:२२

विदुर । आफ्नै गाउँकी १९ वर्षिय एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका एक युवक पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा तारकेश्वर गाउँपालिका वडा नम्बर ३ का तश्वीर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनले आफ्नै गाउँकी १९ वर्षिय गिता तामाङ (नाम परिवर्तन) लाई बाख्रा गोठमा लगि जबरजस्ती करणी गर्न खाजेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विस्टलाई घरमा लुकीछिपी बसेको अबस्थामा प्रहरीले समातेको थियो । पिडित महिलालाले प्रहरीमा जबरजस्ती करणी उद्योग शिर्षकमा किटानी जाहेरी दिएकोले बुधवार नै जिल्ला अदालत नुवाकोटबाट १० दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए ।

Advertisement

घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया