सक्रिय हुँदै मनसुन, आज राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना

विदुर खबर २०७७ असार १ गते २१:२८

नुवाकोट । अहिले नेपालमा मनसुन सक्रिय भएको छ। जसका कारण केही दिनयता दैनिक वर्षा भइरहेको छ।

Advertisement

मौसमविद्का अनुसार अहिले पनि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भइरहेको छ।   मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार आज राति प्रदेश १, २, बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यसैगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी, ५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको माैसम महाशाखाले जनाएको छ।

Advertisement

प्रतिक्रिया