रसुवाका सांसद मोहन आचार्यले फ्रन्टलाईनमा काम गर्ने सबैको कोरोना विमा गरिदिने
नुवाकोट । काँग्रेसका युवा नेता तथा रसुवाका सांसद मोहन आचार्यले रसुवा जिल्लामा कार्यरत सबै स्वास्थ्यकर्मीको कोरोना विमा गरिदिने घोषणा गरेका छन ।
उनले जिल्लामा स्वास्थयकर्मीहरुले विरामी जाँच गर्न असहज मानिरहेको अवस्था भएकाले फ्रण्ट लाइनमा कार्यरतहरुको लागि आफ्नो तर्फबाट भन्दै जिल्लाभरका सम्पूर्ण अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पुर्ण सुरक्षाकर्मी ,जनप्रतिनिधि ,पत्रकार ,रेडक्रस, नेपाल स्काउण्ट र क्रियाशील संघ सस्थाका व्यक्तिहरुको कोरोना स्वास्थ विमा गरि दिने घोषणा गरेका हुन ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको अबस्थामा फ्रण्टलाइनमा खट्नेहरुलाई स्वास्थयकर्मीहरुलाई उत्साहप्रद ढंगले खटाउन नसकेको उनले बताएका छन ।
सामाजिक संञ्जाल मार्फत सांसद आचार्यले उक्त सूचिमा पर्ने सबैलाई विमाका लागी आफ्नो सम्पर्कमा आउन अनुरोध गरेका छन । विमाका लागी सम्बन्धित संघ संस्था र व्यक्तिलाई नाम ठेगाना र उमेर खुलाई ९८५११४६९३९ मा म्यासेज गर्न वा [email protected] र [email protected] मा इमेल गर्न सांसद आचार्यले अपिल गरेका छन।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया