लकडाउन उल्लंघन गर्दै वाणिज्य संघले खुलाएको धादिङ बजार प्रशासनले बन्द गरायो
नुवाकोट । उद्योग वाणिज्य संघ धादिङले लकडाउन उल्लंघन गर्दै खुलाएको जिल्ला सदरमुकाम धादिङ बजार २ घन्टामै स्थानीय प्रशासनले बन्द गराएको छ ।
व्यापारीहरु मर्कामा परेको कारण जनाउँदै संघले एकपक्षीय रुपमा आइतबारदेखि जिल्लाभरका सबैखाले दोकान पसल खोल्ने निर्णय गरेको थियो । शनिबार संघका जिल्ला अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले व्यापार नभएर व्यापारीहरुले भाडा र बैंक किस्ता तिर्न नसकेको भन्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म होटलबाहेक सम्पूर्ण पसल खोल्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले पारित नगर्दै बजार खोलेपछि निकै भीडभाड देखिएको थियो ।
सरकारले जेठ २० गतेसम्म लकडाउन तोकेको भन्दै यो निर्णयप्रति स्थानीय नागरिक समाज तथा नगरपालिकाका टोल सुधार समितिले विरोध जनाएका थिए । भारतबाट आएका १ सय ३३ जनालाई स्वास्थ्य परीक्षण नगरी सदरमुकाममै राखेको अवस्थामा बजार खोल्न नहुने भन्दै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको टोलसुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताए ।
कोरोना संक्रमणको जोखिम नघटेको र बजार पूरै खोल्नु घातक भएको स्थानीय स्तरबाट माग आएपछि अत्यावश्यक वस्तुका बाहेक अन्य पसल बन्द गराइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया