ककनी गाउँपालिकाका १४ जनामा आरडिटी पोजेटिभ


फाईल फोटो ।
ककनी । ककनी गाउँपालिका वडा वडा नम्बर १ को कागतीगाँउ र वडा नम्बर २ को सिसडोलका १४ जनामा आरटिडी पोजेटिभ देखिएको छ ।
काठमाडौ महानगरपालिकाको सहयोगमा गरिएको आरडिटि परिक्षणमा १४ जनामा आरडिटि पोजेटिभ देखिएको ककनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जिवन भट्टराईले बताए । सिसडोलमा गरिएको ३ सय ३३ जनाको आरडिटी परिक्षणमा १४ जनाको पोजेटिभ देखिएको हो । स्वास्थ्य शाखा प्रमुख जिवन भट्टराईका अनुसार १४ जना सहित प्रभावित क्षेत्रका १ सय ५२ जनाको स्वाव परिक्षणका लागी काठमाडौ पठाईएको छ । बिहिबार सम्ममा उनीहरुको रिपोर्ट आईसक्ने बताइएको छ ।
कागतीगाउँ र सिसडोलका स्थानियहरुको आरटिडी परिक्षण गराउनुपर्ने माग गर्दे ककनी गाउँपालिकाले सिसडोलमा फोहो फाल्न अवरोध गरेपछि काठमाडौ महानगरपालिकाले स्थानियहरुको स्वास्थ्य परिक्षण शुरु गरेको हो ।
प्रतिक्रिया