लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठक बस्दै


फाईल फोटो ।
नुवाकोट । लकडाउनबारे निर्णय गर्न आज (आइतबार) कोभिड-१९ रोकथाम उच्चस्तरीय समन्वय समिति र मन्त्रिपरिषद्का बैठक बस्दैछन् ।
दिउसो २ बजे बस्ने समन्वय समितिको बैठकले सरकारलाई लकडाउनबारे सिफारिस गर्नेछ । चैत ११ गतेदेखि विभिन्न चरणमा थप गरिएको लकडाउनको अवधि भोलि सोमबार सकिदैछ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको अनौपचारिक बैठकमा लकडाउन बढाउनेबारे छलफल भएको थियो । अति जोखिम, मध्यम र न्यून जोखिमका क्षेत्र छुट्टयाएर त्यसैअनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने अनौपचारिक निर्णय उक्त बैठकले गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्राद बिडारीले लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे सरकारलाई समितिले सिफारिस गर्ने बताएका थिए ।
तर, पछिल्लो दुई दिनमा राजधानी उपत्यकासहित देशैभरी संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमणकै कारण सिन्धुपाल्चकोककी एक महिलाको मृत्यु भइसकेको छ । प्रदेश २ का आठ वटै जिल्लामा संक्रमण देखिएको छ भने पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र बाँकेमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
अघिल्लो आइतबारदेखि खुकुलो हुनथालेको लकडाउनलाई सरकारले कडा पारिसकेको छ । खुल्न थालेका सरकारी कार्यालयहरु फेरि बन्द गरिएका छन् । प्रशासनले जारी गरेका सवारी पासहरु खारेज गरिएको छ । संक्रमण बढ्दै गएको र मृत्युसमेत भएको अवस्थामा सरकारले अगाडि कसरी जाने भन्नेबारे समन्वय समितिको सिफारिसअनुसार निर्णय गर्नेछ । मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दैछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया