भारतमा थप दुई साता लकडाउन लम्बियो
एजेन्सी । कोरोना भाइरस(कोभिड–१९)को संक्रमणको फैलने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्बाउने निर्णय गरेको छ ।
भारतको गृह मन्त्रालयले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुई साताका लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । र, फेरि १५ अप्रिलमा दोस्रो चरणको लकडाउन गरिएको थियो । दोस्रो चरणको लकडाउन मे ३ मा सकिन्छ । संक्रमण फैलने क्रम जारी रहेपछि दोस्रो चरणको लकडाउन सकिनुअघि नै तेस्रो चरणको लकडाउन घोषणा गरिएको हो । शुक्रबार साँझसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ हजार ४३ पुगेको छ भने एक हजार १ सय ५४ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ९ हजार ६८ जना निको भएका छन् ।
सबैभन्दा बढी संक्रमण महाराष्ट्र, गुजरात र दिल्लीमा देखिएको छ । शुक्रबार नै भारतको स्वास्थ्य मन्त्रालयले सक्रंमणको सघनताको आधारमा भारतका ७३३ जिल्लालाई रातो, सुन्तला र हरियो क्षेत्रमा वर्गीकरणसमेत गरेको छ । संक्रमण उच्च भएका १३० जिल्लालाई रातो, संक्रमण सीमित भएको र पछिल्ला दिनमा वृद्धि नदेखिएका २८४ लाई सुन्तला र पछिल्लो २१ दिनमा एउटा पनि संक्रमणको केस नदेखिएका जिल्लालाई हरियो क्षेत्र निर्धारण गरिएको छ । राजधानी दिल्लीका सबै ११ जिल्लालाई रातो क्षेत्र अर्थात् उच्च जोखिम वर्गीकरण गरिएको छ ।
लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई गन्तव्यमा पुऱ्याउनका लागि रेल सेवासमेत सुरु गरिएको छ । भारत सरकारले विभिन्न राज्यमा अलपत्र परेका आप्रवासी कामदारी, तीर्थयात्री, विद्यार्थी र पर्यटकहरुलाई लक्षित गर्दै विशेष रेल ‘श्रमिक ट्रेन’ सञ्चालन गरेको हो । शुक्रबारदेखि विभिन्न ६ वटा रुटमा रेल सुरु गरेर त्यसको सुरुआत गरिएको छ । भारत राज्य सरकारहरुले अलपत्र परेका आप्रवासी कामदारहरुलाई घर लैजान रेल सेवा सुरु गर्नुपर्ने माग गर्दै आएका थिए । पछिल्लो निर्णयले भारतभर अलपत्र परेका आप्रवासी कामदारहरुका लागि ठूलो राहत मिल्ने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया