धादिङको ज्वालामुखीबाट अवैध काठ सहित ट्रक बरामद
धादिङ। धादिङको ज्वालामुखी गाउँपालिकाबाट अवैध काठ सहित काठ बोक्ने स्वराज ट्रक बरामद गरिएको छ ।
सरकारले कोभिड १९ बाट बचाउन गरेकोलकडाउनकोसमयमामानिसहरुघरभित्रैबसेकोअवस्थामा यसरी तस्करी गरिएको प्रहरीलेफेला पारेकोहो।प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं १ को साविक मैदी र खरीको सिमानामा रहेको ढल्पु सामुदायीक बनबाट अवैध सालको काठ र ट्रक बरामद गरेको हो ।
अबैध रुपमा चिरान गरेका ३७ थान ६० दशमलव ७३ क्यू.फिट सालको काठ र बा ४ ख १७२७ नम्बरको स्वराज ट्रकलाई पक्राउ गरेको हो । काठ ओसार प्रसारमा संग्लन हुने र ट्रक चालक तथा धनी ज्वालामुखी गाउँपालिका २ का ३२ बर्षीय भिम बहादुर गुरुङ फरार रहेकाले खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङ प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
बरामद गरिएको काठ र ट्रक भने डिभिजन बन कार्यालय धादिङमा राखिएको धादिङका सव–डिभिजनल वन अधिकृत लोकनाथ लम्सालले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया