धादिङकाे मलेखुबाट २५ किलो चरेससहित दुई जना पक्राउ
विदुर खबर
२०७६ फागुन २० गते २०:४३
धादिङ । धादिङकाे मलेखुबाट प्रहरीले २५ किलो लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
बेनिघाटरोराङ गाउँपालिका-३, मलेखुमा मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा झोलाभित्र हालेर ल्याएको अवस्थामा फेला परेकाे चरेससहित दुई जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका-३ का २८ वर्षीय सन्च बहादुर तामाङ र ४१ वर्षीय मानवीर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
चरेस बोक्न प्रयोग भएको बा ४८ प ९२२५ नम्बरको मोटर साइकल पनि प्रहरीले जिल्ला अदालतमा पेश गरकाे छ । प्रहरीले चरेस ओसारपसार तथा बिक्री हुन लागेको सूचनाको आधारमा जाँच गर्दा त्यति परिमाणकाे चरेस बरामद भेटिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया