धादिङकाे मलेखुबाट २५ किलो चरेससहित दुई जना पक्राउ

विदुर खबर २०७६ फागुन २० गते २०:४३

धादिङ । धादिङकाे मलेखुबाट प्रहरीले २५ किलो लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

बेनिघाटरोराङ गाउँपालिका-३, मलेखुमा मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा झोलाभित्र हालेर ल्याएको अवस्थामा फेला परेकाे चरेससहित दुई जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका-३ का २८ वर्षीय सन्च बहादुर तामाङ र ४१ वर्षीय मानवीर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

Advertisement

चरेस बोक्न प्रयोग भएको बा ४८ प ९२२५ नम्बरको मोटर साइकल पनि प्रहरीले जिल्ला अदालतमा पेश गरकाे छ । प्रहरीले चरेस  ओसारपसार तथा बिक्री हुन लागेको सूचनाको आधारमा जाँच गर्दा त्यति परिमाणकाे चरेस बरामद भेटिएको थियो ।

प्रतिक्रिया