नेकपा फुट्दैन, वामदेवलाई राष्ट्रियसभामा लैजान्छौं : नेता खनाल
विदुर खबर
२०७६ फागुन १७ गते २०:१९
नुवाकोट । पूर्वप्रधानमन्त्री एवं नेपकपाका नेता झलनाथ खनालले पार्टी फुट्ने हल्ला मात्र भएको बताएका छन् ।
‘पार्टी फुटाउने, फुटको हल्ला चलाउनु बेकारको कुरा हो,’ उनले भने, ‘जसले यो हल्ला चलाइ रहेका छन् । उनीहरु नेकपा फुटोस् टुटोस् भनेर सपना देखिरहेका छन् । तर उनीहरुको सपनामा तुषारापात हुन बाहेक अरु केही हुनेवाला छैन ।’ शनिबार नुवाकोटको पुरानो सदरमुकाम नुवाकोटमा आयोजित तेस्रो जीवित कुमारी पूजा कार्यक्रममा नेता खनालले पार्टी निश्चित कार्यदिशा, सिद्धान्त, नीतिको आधारमा बनेको बताए। ‘ती कार्यदिशा, नीति र सिद्धान्तको आधारमा बनेको पार्टी एकताबद्ध छ,’ खनालले भने, ‘यो एकताको प्रक्रिया अझै गहिरेर गहिरो भन्दै गइरहेको छ।’
उनले एमसीसी प्रतिवेदन केही दिनमा नै सार्वजनिक हुने बताए। एमसीसी जस्ताको त्यस्तै पास गर्न नसिकने बताउँदै नेता खनालले त्यसलाई सुधार गरेर पास गर्न सकिने बताए। उनले एमसीसीमा हाल भएका प्रावधानहरु अन्तर्गत पास गर्न सकिने सम्भावना नभएको बताए। यस्तै उनले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लाने विषयमा पार्टीको केन्द्रीय सचिवालयले सर्वसम्मत निर्णय गरिसकेको बताए। यस्तै नेता खनालले अर्थमन्त्री एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाबारे पार्टीले पछि सोच्ने बताए।
कुमारी पूजामा नेता खनाल र काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले कुमारी दिनिशा डंगोललाई टीका लगाइदिएका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र





प्रतिक्रिया