उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन तीन सदस्यीय समिति गठन
काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन तीन सदस्यीय समिति गठन गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको चुस्त ट्राफिक व्यवस्थापनका लागि महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा दामोदर सिलवाल र पूर्वट्राफिक प्रहरी सीताराम हाछेथु सदस्य रहने समिति गठन गरेको हो । महाशाखाले सञ्चालन गरेको तीनमहिने ट्राफिक उज्यालो अभियान, पैदलयात्री सुरक्षा विशेष कार्यक्रम, यात्रुमैत्री अभियान, विशिष्टीकृत सचेतना कार्यक्रम, स्वयंसेवक परिचालनका साथै ट्राफिक लाइटको व्यवस्था, सिसिटिभीलाई निगरानी गर्नका लागि समितिले काम गर्नेछ ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चक्रपथभित्र हुने ट्राफिक जामलाई अध्ययन गरी न्यूनीकरण गर्नका लागि समिति गठन गरेको जानकारी दिनुभयो । चक्रपथभित्रको ट्राफिक व्यवस्थापनका लागि स्थलगत अध्ययन गरी सरोकारवाला निकायसँगको समन्वयमा सुझाव पेश गरी ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाइन समितिले काम गर्ने उहाँको भनाइ थियो । महाशाखाले प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलले ट्राफिक व्यवस्थापन सुधारसम्बन्धी ल्याएको अल्पकालीन कार्ययोजनाका कार्यक्रमलाई कार्यान्वयन गरिरहेको बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया